नियम १४०
बिदा परिणत नहुने
: यस परिच्छेद बमोजिम सशस्त्र प्रहरी कर्मचारीले जुन बिदा लिई बसेको हो सोही बिदा नै उपभोग गर्नु पर्नेछ । पहिले कुनै एक किसिमको बिदा स्वीकृत भएकोमा त्यस्तो बिदा पछि किरिया बिदा, प्रसुति बिदा वा प्रसुति स्याहार बिदा बाहेक अर्को किसिमको बिदामा परिणत गराउन पाईने छैन ।